३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

रेडक्रसले सेवाको नाममा रगतको ब्यापार गरेको स्वयंसेवी रक्तदाताको आरोप

रगतमा एकाधिकार बन्द गर्न छुट्टै ब्लड बैंक खोल्ने घोषणा



बुटवल । मानव जीवनमा रगतको अभाव हुन नदिने कार्यमा सक्रिय नेपाल स्वयंसेवी रक्तदाता समाजले सेवाको नाममा रेडक्रसले मानव रगतको ब्यापार गरिरहेको आरोप लगाएको छ ।

समाजको चौथो राष्ट्रिय सम्मेलनको सन्दर्भमा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै समाजका पदाधिकारीहरुले रगत जस्तो अत्यावश्यक सामाग्रीलाई रेडक्रस जस्तो सेवा मुलक संस्थाले कालोबजारी गरेको आरोप लगाए । उनीहरुले २७८ रुपैयाँ लागत लाग्ने रगत संकलनको सामान बापत रेडक्रसले ९ सय देखि २ हजार सम्म असुल गरिरहेको बताए । कतिपय प्रदेश सरकारले निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेसँगै रेडक्रसले थप सेवा शुल्क बृद्दि गर्दै सरकारबाटै चर्को मुल्य असुली गरिरहेको बताउँदै उनीहरुले रगतमा कालोबजारी बन्द गर्न सरकारसँग माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वयमसेवी सक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रगतमा रेडक्रसको एकाधिकार अन्त्य हुनुपर्ने बताए । राज्यले अस्पतालहरुलाई ब्लड बैंक स्थापना गर्ने अधिकार दिएपनि बाध्यात्मक व्यवस्था नगर्दा सर्वसाधारण रेडक्रससँगै निर्भर हुनुपर्ने अवस्था आएको बताए । उनले रगतको सेवा शुल्क लिएर कसैलेपनि नाफा कमाउन नमिल्ने बताए ।

निशुल्क रगत प्राप्त गर्न प्रदेशबाट नभै संघीय सरकारले नीति बनाउनु पर्ने औंल्याउँदै कर्माचार्यले २५ बेड माथिका सबै अस्पतालहरुले अनिवार्य ब्लडबैंक राख्ने व्यवस्था गर्नु पर्ने बताए । ‘ब्लड खोज्न बिरामी बैंक धाउने होईन, राज्यले बिरामीको बेडसम्म रगत पु¥याउने प्रबन्ध गर्नु पर्छ ।’ उनले भने ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका उपाध्यक्ष ध्रुव थपलियाले सेवाका नाममा रगतमा भएको कालोबजारीको अन्त्य हुनुपर्ने बताए । उनले राज्यले २५ करोड लगानी गरे देशैभर रेडक्रसको एकाधिकारको अन्त्य हुने दाबी गरे । ‘मन्त्रालय थप्न राज्यले करोडों खर्च गर्न सक्छ भने नागरिकको ज्यान बचाउन २५ करोड बिनियोजन गरे देशैभर बिरामीले निशुल्क रगत पाउन सक्छन्,’ उनले भने, ‘अस्पतालहरुलाई चाहिने रगत पु¥याउन समाज जहिलेपनि तयार छ ।’

समाजका रुपन्देही अध्यक्ष कृष्ण चौहानले एकाधिकारको अन्त्य गर्नकै लागि रुपन्देहीमा समाजको पहलमा छुट्टै ब्लड बैंक खोल्ने तयारी भइरहेको जानकारी दिए । समाजले सञ्चालन गर्ने बैंकबाट लागत मुल्यमा बिरामीले रगत पाउन सक्ने उल्लेख गर्दै सरकारको सहकार्यमा पूर्णरुपमा निशुल्क रगतको व्यवस्था गर्न समाज तयार रहेको बताए ।

समाजको बैशाख १६ र १७ गते रुपन्देहीको बुटवलमा चौथो महाधिवेशन आयोजना हुने पक्रकार सम्मेलनमा जानकारी गराइएको थियो । समाजको ३४ जिल्ला शाखा सहित मुलुकभर ७७ उपशाखाहरु संचालनमा रहेका छन् । समाजको रुपन्देही शाखाले मात्र स्थापनाको १० वर्षमा २५ हजार युनिट रगत संकलन गरेको जिल्ला अध्यक्ष चौहानले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : १५ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका