३१ असार २०८३, बुधबार | July 16, 2026

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा टोली पाल्पाको प्रवास पुग्यो, ७ गते विजय उत्सवमा समापन हुने



बुटवल । गोरखाबाट बुटवलको जितगढीलाई गन्तब्य बनाएर पदमार्गमा निस्केको नेपाली सेनाको टोली पाल्पाको प्रवास पुगेको छ । गते चैत्र २८ गते राज्य एकीकरण मार्ग हुँदै विजय उत्सवका दिन (बैशाख ७) बुटवलको जितगढी पुग्ने लक्ष्य सहित निसकेको सेनाको पदयात्री आज पाल्पाको प्रवास पुगेको हो ।

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएका हुन् ।

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको मध्यपश्चिम प्रितना केडक्वाटर बुटवलका प्रितनापति याम ढकालले जानकारी दिए । रुपन्देहीको टोलीले जितगढए विजय उत्सवको दिन पारेर वैशाख ७ गते जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुने प्रितनापति याम ढकालले बताए ।

आज मध्यपश्चिम प्रितनामा पत्रकारहरुसंग भएको परिचयात्मक कार्यक्रममा बोल्दै प्रतिनापति ढकालले सोही दिन बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुनर्निर्माण गरेको ऐतिहासिक जितगढी किल्लाको नवनिर्मित संरचना बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले एकीकरणमार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको बताए ।

गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवद्र्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको प्रितनापति ढकालले बताए ।

नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् । सो टोलीले गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा पार गर्नेछ ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध सुरुगरेपनि जितगढी कमाण्डमा कर्णेल उजीरसिंह नेतृत्वको नेपाली फौजले कम्पनी सेनालाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । अन्यस्थानहरुमा बहादुरी देखाउँदा देखाउँदैपनि नेपाली फौज असफल भएपनि जितगढी किल्लाको फौज भने युद्धमा अंग्रेज फौजलाई परास्त गर्न सफल भएको थियो । सो लडाँईमा कर्णेल उजिर सिंह थापाले कमाण्ड सम्हालेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ०६ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक