३० असार २०८३, मंगलबार | July 14, 2026

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत



पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ । आज यहाँ आएको टोलीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै यहाँ पुगेको हो । टोलीले गत चैत २८ गते गोरखाबाट पदयात्रा सुरू गरेको थियो । पदयात्रामा रहेको टोलीले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सिमानामा पर्ने केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ ।

स्याङ्जा चापाकोट नगरपालिका–६ का वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गरे । यहाँ आएको टोलीलाई नगरप्रमुख थापा, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलगायतले स्वागत गरे ।

पाल्पास्थित नेपाली सेनाको गणको टोलीले जिल्लाका गढी तथा किल्लासम्मको यात्रा गर्नेछ ।

गोरखाबाट सुरू भएको पदयात्रा रुपन्देहीको जितगढी किल्ला पुगेर विजयोत्सवका रूपमा सहभागी भएर समापन हुने जनाइएको छ । नेपाल आक्रमणमा आएको अङ्ग्रेज सेनालाई पराजित गरेको दिनको सम्झना गर्दै हरेक वर्ष वैशाख ७ गते जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ५३ बजे

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न