३० असार २०८३, मंगलबार | July 14, 2026

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा शुरु



काठमाडौं । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले दोस्रो गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ ।

पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गरेको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ स्थायी कम्पनी ९श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज० हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका हुन् ।

करिव २०७ कि।मि। दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर २०८० वैशाख ०७ गते विजय उत्सव समारोहका साथ पदयात्रा समापन हुनेछ ।

नेपाली सेनाले पौष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा९काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ५४ बजे

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न