१० माघ २०८२, शनिबार | January 24, 2026

छालारोग विशेषज्ञ डाक्टर झा भारतको विश्वप्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनौट



काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोज (IDOJ) को पेपर रिभ्युअरमा छनौट भएका छन ।

एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ । जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले पत्र लेख्दै उनलाई जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनौट भएको जानकारी दिएका हुन् । नेपालबाट छनौट हुने उनी पहिलो डाक्टर हुन।

डाक्टर झाले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस , भारतको प्रसिद्ध वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पुरा गरेका छन । उनका विश्वका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भैसकेका छन ।

उनी ईन्डियन सोसाईटी अफ एस्थेटिक मेडिसिन र ईन्डियन इन्स्टिट्यूट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्य समेत छन।

आफुलाई आईडोजले पेपर रिभ्युअर मा छनौट गरेपछि खुसी ब्यक्त गर्दै डा. झाले यो नेपाल र नेपाली डाक्टरको लागी निकै महत्वपुर्ण उपलब्धी रहेको बताए । ‘यो छनौटले नेपाली डाक्टरहरु पनि हरेक कुरामा सक्षम र उत्कृष्ट छन् भन्ने सन्देश गएको छ,’ उनले भने, ‘नेपालीको प्रतिष्ठालाई माथि उठाउन सहयोग छनौटले योगदान पुर्याउने छ।’

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १ : ४९ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा