९ भदौ २०८३, मंगलबार | August 26, 2026

बाँकेमा छाला रोगका बिरामी बढ्दै



नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाइँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगन्जमा छाला रोगका बिरामी आउनेक्रम वृद्धि भएको जानकारी दिए ।

“पहिलेभन्दा सङ्ख्यात्मक रुपमा छाला रोगका बिरामी बढिरहेका छन्”, उनले भने । उनका अनुसार बिरामीको काखी, काछलगायतका स्थानमा दाद आउने समस्या देखिएको छ । डा चापागाइँले ती बिरामी २० देखि ४० वर्ष उमेर समूहका भएको बताए ।

नेपालगन्ज बाहेक बर्दिया, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट छाला रोगका बिरामी अस्पताल आउने गरेका छन् । भारतसँग सीमा जोडिएको नरैनापुरमा छाला रोगका बिरामीको सङ्ख्या झन् वृद्धि भएको नरैनापुर गाउँपालिकाको कटकुइया स्वास्थ्य चौकी प्रमुख दिनेशकुमार मौर्यले जानकारी दिए ।

उनले दैनिक ४० देखि ६० जनासम्म बिरामीको जाँच हुँदा सबैभन्दा बढी २० देखि २५ जना छाला रोगका बिरामी फेला परेको बताए । छाला रोगमा सबैभन्दा बढी दाद, लुतो र छाला चिलाउने समस्या देखिएको उनको भनाइ छ । पिलो आउने, घमौरा लगायतका समस्यासमेत देखिएको छ । “हामी नेपाल भारत सीमा क्षेत्रमा छौँ यहाँबाट मानिस भारत जाने आउने गर्छन् र त्यहाँबाट धेरै सङ्क्रमण भएको हुनसक्छ”, मौर्यले भने ।

बर्सेनि छाला रोगसम्बन्धी शिविर सञ्चालन भएको र त्यसबाट छाला रोगका बिरामी झन बढ्दै गएको उनको भनाइ छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुरका जनस्वास्थ्य निरीक्षक नवीन बुढा क्षेत्रीले छाला रोगका बिरामी सबैभन्दा बढी आएको जानकारी दिए ।

उनले दैनिक जाँच भएका ५० बिरामीमध्ये २० जना छाला रोगसम्बन्धी बिरामी भेटिएको बताए । उमेरका हिसाबले वयस्कदेखि वृद्धसम्ममा छाला रोगका समस्या देखिएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ४३ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त