२३ चैत्र २०८२, सोमबार | April 6, 2026

देउवाको एक फोनले रोकियो कर्णाली मन्त्रिपरिषद विस्तार



सुर्खेत। सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरि मन्त्री बनाउदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन नगरी सपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ ।

जाजरकोटबाट राजिवविक्रम शाह लगाएतका सिनियार नेतालाई मन्त्री बनाउनु पर्ने देउवाले फोन गरेर भनेको स्रोतले बताएको छ । मंगलबार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले तीन जना नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

तर, सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि सपथ रोकिएको हो । जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ ।

कांग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने भन्दै नाम सिफारिस गरिएको थियो ।

शाहले टेलिफोनमा कुरा गदै आफू अन्यायमा परेको समेत बताए । प्रधानमन्त्री प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्रिपरिषदबारेका ठोस हुने स्रोतले बताएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ४ : ४२ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव