६ माघ २०८२, मंगलबार | January 21, 2026

देउवाको एक फोनले रोकियो कर्णाली मन्त्रिपरिषद विस्तार



सुर्खेत। सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरि मन्त्री बनाउदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन नगरी सपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ ।

जाजरकोटबाट राजिवविक्रम शाह लगाएतका सिनियार नेतालाई मन्त्री बनाउनु पर्ने देउवाले फोन गरेर भनेको स्रोतले बताएको छ । मंगलबार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले तीन जना नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

तर, सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि सपथ रोकिएको हो । जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ ।

कांग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने भन्दै नाम सिफारिस गरिएको थियो ।

शाहले टेलिफोनमा कुरा गदै आफू अन्यायमा परेको समेत बताए । प्रधानमन्त्री प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्रिपरिषदबारेका ठोस हुने स्रोतले बताएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ४ : ४२ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका