१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा सम्पन्न, बुटवलमा बाजागाजा सहित स्वागत



बुटवल । गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा बुटवलको जितगढी पुगेर सम्पन्न भएको छ । गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन बैशाख ७ गते आज बुटवलको जितगढी आइपुगेको हो ।

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गरेको मध्यपश्चिम प्रितना केडक्वाटर बुटवलका प्रितनापति याम ढकालले जानकारी दिए । रुपन्देहीको टोलीले जितगढी विजय उत्सवको दिन पारेर वैशाख ७ गते आज जितगढी पुर्याएपछि कर्णेल उजिर सिंहको शालिकमा माल्यार्पणपछि यात्राको समापन गरिएको हो ।

पाल्पाको नुवाकोटदेखि आएको टोलीलाई पुरानो बुटवलमा अवस्तिथ सिद्धिविनायक गणेश मन्दिरमा पुगेर बुटवलको उपमहानगरपालिकाका प्रमुख खेलराज र प्रितनापति यमप्रसाद ढकालसहितको टोलीले स्वागत गरेको थियो । उपमहागरको आह्वानमा पदयात्रीलाई स्वागत गर्न विभिन्न जातीय तथा धार्मिक झाकँकी र बाजागाजासहितको टोली गणेश मन्दिर पुगेको थियो ।

एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको प्रितनापती ढकालले बताए ।

गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवर्द्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको २२ नम्बर बाहिनीपति ललितबहादुर कुँवरले बताए ।

नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् । सो टोलीले गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा पार गरेको छ ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध सुरुगरेपनि जितगढी कमाण्डमा कर्णेल उजीरसिंह नेतृत्वको नेपाली फौजले कम्पनी सेनालाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । अन्यस्थानहरुमा बहादुरी देखाउँदा देखाउँदैपनि नेपाली फौज असफल भएपनि जितगढी किल्लाको फौज भने युद्धमा अंग्रेज फौजलाई परास्त गर्न सफल भएको थियो । सो लडाँईमा कर्णेल उजिर सिंह थापाले कमाण्ड सम्हालेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ३ : ३९ बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका