१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी



बागलुङ । डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मङ्गलबार निसीखोला पुगेका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।

डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन् । शाही भन्छन्, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए ।

“सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि त्यहाँ पुगेका थिए । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए ।

डा केसी भन्छन्, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुप¥यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उनले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए । “उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भने, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।”

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ४८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको

बुटवल र सैनामैनाबाट रास्वपा-नेकपा छाडेका साढे ३ सय जनालाई एमाले पार्टी प्रवेश गराए उपाध्यक्ष पौडेलले

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल र सैनामैनाका