५ पुस २०८२, शनिबार | December 20, 2025

कञ्चनपुरमा मान्छे खाने बाघ २२ घन्टा पछि नियन्त्रणमा



कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ।

राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिदैँ झन्डै २२ घन्टासम्म बेपत्ता महिलालाई मृत अवस्थामा फेला पारेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दलाई हिजो बाघले लगेको थियो । हिजो दिनभर र रातभर खोजे पनि फेला परेको थिएन तर शनिवार बिहान पुनः खोजबिन गर्दा २२ घन्टा पछि मात्रै उनको शव फेला परेको हो ।

यता, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघसमेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघलाई बेल्डाँडी पोस्टमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले शुक्रवारआक्रमण गरेको थियो। सो क्रममा अन्य महिलाहरु भने भागेर ज्यान जोगाउन सफल भए पनि चन्दलाई भने बाघले लिएर गएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : २७ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा