५ पुस २०८२, शनिबार | December 20, 2025

बालाराम भटराईले सार्वजनिक गरे लायन्स सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा आफ्नो उम्मेदवारी



बुटवल । बुटवलको उद्यमी बालाराम भटराईले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा आफ्नो उम्मेदवारी दिएका छन ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ । उक्त अधिवेशनमा सत प्रतिशत भोट गरी आफूलाई थप उर्जा र हौसला प्रदान गर्न उनले आग्रह गरेका हुन् ।

भटराईले आईतबार बुटवलमा पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै आफ्नो विजयले क्लबहरुको मात्रै नभएर उद्योग ब्यवसाय क्षेत्र र सिंगो समाजको प्रतिष्ठा बढने बताउदै आफूलाई जिताउन क्लवहरुलाई आग्रह गरे ।

उम्मेदवार भट्टराईले यस क्षेत्रको सामाजिक क्षेत्रमा सेवा गर्ने र विशेषगरि स्वास्थ्य क्षेत्रमा योगदान दिन आफुले विभिन्न योजना बनाएको बताएका छन् ।

भटराईले आफू सन २००८ देखि बुटवलबाट लायन्सको यात्रामा रहेको बताउँदै आफूलाई समाजसेवामा थप गतिशिल बन्ने अवसर दिन सबै संग आग्रह गरे ।

मेरो लक्ष्य उद्योग ब्यवसायको प्रर्वधन र हित संगै समाजसेवा पनि हो म लायन्स मार्फत समाजसेवामा प्रवेश गरेको हुं अझै गतिशिल हुन चाहन्छु भटराईले भने ।

लायन्सका १५ वटा डिष्ट्रिक्टहरु मध्ये सबैभन्दा ठूलो मानिएको डिष्ट्रिक ३२५ पी नेपालमा ५ वटा एरिया रहेको र १८६ क्लवबाट ३०४ मतदाता रहेको भटराईले जनाए ।

लायन्स क्लव अफ रुपन्देहीको पुर्व अध्यक्ष भटराईले यस पटकको निर्वाचनमा आफूलाई ६० प्रतिशत भन्दा बढी मत प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ११ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य