३२ असार २०८३, बिहिबार | July 16, 2026

जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर र रावत प्रथम



जुम्ला । कर्णालीको पर्यटन प्रवद्र्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएका छन् ।

कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु गरिएको ४९ किलोमिटरको सो प्रतियोगितामा चार घन्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय भएका छन् । यसैगरी पाँच घन्टा आठ मिनेट ४१ सेकेन्डमा तोकिएको दूरी पार गरी शेरबहादुर बुुढा तृतीय स्थानमा आउन सफल भएको क्लब सचिव मधुुराज न्यौपानेले बताए । सो प्रतियोगितामा पाँच घन्टा २६ मिनेट ५५ सेकेन्डमा सो दूरी पार गरेर लालचन्द्र रावल चौथो, पाँच घन्टा ३३ मिनेट आठ सेकेन्डमा सो दूरी पार गरेर सोवबहादुर रावतले पाँचौँ स्थान प्राप्त गरेको क्लबले जनाएको छ ।

महिलातर्फ छ घन्टा छ मिनेट २३ सेकेन्डमा जुुम्लाकै मञ्जु रावत प्रथम, छ घन्टा ५४ मिनेट २७ सेकेन्डभित्र पार गरी गङ्गा भण्डारी द्वितीय र सात घन्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् । सात घन्टा ५५ मिनेट ३९ सेकेन्डमा सो दूरी पार गर्दै उमाकली बुढा चौथो र सात घन्टा ५९ सेकेन्ड १५ मिनेटमा दूरी पार गर्दै कुुसा बुुढा रोकायाले पाँचौँ स्थान प्राप्त गरिन् ।

प्रतियोगिताको उपाधि जित्ने पुुरुष, महिला सबै जुम्लाका हुन् । प्रतियोगितामा जुुम्लाबाट रारा हुटुुसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० मध्ये ५१ मात्रै रारा पुगेको कर्णाली स्पोर्टस् क्लब जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु एक लाख, रु ७५ हजार रु ५० र चौथो र पाँचौँ हुने खेलाडी रु २०–२० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष शाहीले बताए ।

म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीले समुद्री सतहदेखि तीन हजार छ सय मिटर उचाइमा दौडेका थिए । उक्त प्रतियोगिताले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार– प्रसारमा टेवा पुुग्ने उद्देश्यले हरेक वर्ष लोकतन्त्र दिवसको अवसर पारेर क्लवले जुम्ला–रारा अल्ट्रा म्याराथन गर्दै आएको छ । प्रतियोगितामा नेपालका १९ जिल्लाका खेलाडीसहित विदेशीतर्फ अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक खेलाडी सहभागी भएको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : १९ बजे

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव

घुस प्रकरणमा टेलिकमका पूर्वएमडी सुनील पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध

पूर्वमन्त्री फत्तेसिंह थारूको निधन

नेपालगन्ज । पूर्वमन्त्री फत्तेसिंह थारूको निधन भएको छ। राप्रपा नेतासमेत

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का