५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारले पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको गर्न बाँकी पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

मंगलबार १२ वैशाख २०७२ सालमा गएको भूकम्पको आठ वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गर्न बाँकी पुनर्निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।

‘पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन् :

वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। भूकम्पका कारण घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु। भूकम्पपछिको उद्दार, राहत र पुनर्स्थापनामा आर्थिक, भौतिक सहयोग गर्नुहुने र सद्भाव व्यक्त गर्नुहुने सबैप्रति हृदयदेखि सम्मान व्यक्त गर्दछु।

भूकम्पपछि २०७३ सालमा गठित मेरो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधारहरू एवं सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण, निजी घरहरूको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको थियो। त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रू। १ लाख अनुदान रकम थप गर्ने लगायत जनतालाई राहत दिने महत्वपूर्ण निर्णयहरू गरिएको थियो। 

पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु, धन्यवाद।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ४७ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय