१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर छैंठौ वर्षमा प्रवेश, १ लाख ३० हजार बढीलाई ओपिडी सेवा प्रदान



बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले १ लाख ३० हजार बढीलाई ओपिडी सेवा प्रदान गरेको छ । स्थापनाको ६ औं वर्ष प्रवेश गरेको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले हालसम्म प्रदान गर्दै आएका सेवा तथा भावि योजना बारे जानकारी गराएको छ ।

हस्पिटलले आफ्नो छैटो वार्षिकोत्सव ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा मधुमेह निःशुल्क परीक्षण, ६ सय रुपैयाँमा थाईराईड जाँच, ल्याब सेवामा १० प्रतिशत छुट, होलबडीमा ३० प्रतिशत छुट दिने हस्पिटलका अध्यक्ष दिपेश प्रधानले बताए । यस क्षेत्रमै दम, छाती तथा श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवाका कारण पहिचान बनाएको उनले दाबी गरे । यसैगरी मुटु, फोक्सो, मृगौला, दम, युरोसर्जरी, हाडजोर्नी, महिला तथा स्त्रीरोग, नसा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सुविधा दिदै आएको उनले बताए । सरकारबाट २४ बेडको मान्यता प्राप्त अस्पतालमा १० वटा आईसियु बेडको सेवा दिंदै आएको उनले बताए ।

अस्पतालका निर्देशक यमन चन्द प्रधानले विशेषज्ञ चिकित्सकीय सेवा न्यून शुल्कमा दिदै आएको बताए । ओपिडि शुल्क २ सय रुपैयाँ रहेको र यसबाहेक सामाजिक उत्तरदायित्वमा समेत अग्रस्थानमा रहेको अस्पतालको दाबी छ । यसैगरी ७० वर्षभन्दा माथि, विपन्न, अपाङ्गता भएका बिरामीहरुलाई ओपिडिमा निःशुल्क सेवा दिदै आएको उनले बताए । समयसापेक्ष अस्पताल साँघुरो भएकाले एक सय बेडको अस्पतालका रुपमा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

युवा चिकित्सकहरु र परिवारबाट १० करोड लगानीमा शुरु गरिएको अस्पताललाई स्तरिकरण गरि एक सय बेडमा लैजान एक अर्ब आवश्यक हुने र त्यसका लागि सेयर सदस्य थप, संघ–संस्थाहरुसँग सहकार्य, बैंक तथा वित्तीय संस्थासँग लगानीका आह्वान गर्ने लगायतका प्रक्रियाहरु अघि बढाउने योजना रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने वार्षिक अस्पतालमा २५÷३० हजार बढी बिरामीहरु उपचारका लागि आउने गरेको बताए । हस्पिटलमा नेपाल सरकारको मान्यता अनुसार निःशुल्क डायलोसिस सेवा समेत दिदै आएको छ । ‘पाँच वटा मेशिनबाट निरन्तर २० जनालाई दैनिक सेवा दिदै आएका छौ’– उनले भने । अस्पतालले गर्ने डायलासिसको खर्च समयमा सरकारबाट प्राप्त नहुँदा आर्थिक समस्या बढेको उनले बताए । ‘सेवाको रिपोर्ट मासिक पेश गरेपनि भुक्तानीमा समस्या छ ।’– उनले भने । यसपटक कात्र्तिकबाट सरकारले भुक्तानी दिनु पर्ने झण्डै एक करोड रुपैयाँ रोकिएको उनले बताए ।

अस्पतालमा लुम्बिनी प्रदेशसहित अन्य १० जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् । शेयर सदस्य मुकेश श्रेष्ठले समुदायको स्वस्थ्य सेवा मागलाई सम्बोधन गर्दै आएको बताए । अस्पतालले लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठानका विभिन्न पालिकाहरुमा निःशुल्क मृगौला, मधुमेह लगायतका शिविर तथा सचेतनाका कार्यक्रम समेत गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए ।
अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकहरु, ५ जना मेडिकल अफिसरसहित करिब एक सय चिकित्सक, कर्मचारीहरु कार्यरत छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ४ : २८ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र