१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै



नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पु¥याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराएका छन् ।

सो रोगबाट जोगिने उपाय बिहेबारी पूर्व रगत जाँच गरी सिकलसेल र थालेसेमिया भए नभएको पुष्टि गर्नुपर्ने डा पाण्डेको भनाइ छ । उनले यदि रोगी र बहाक फेला परे रोगी–रोगी र बहाक–बहाकका बीचमा हुने बिहेबारी रोके भावी पुस्तालाई सिकलसेल तथा थालेसेमियाबाट जोगाउन सकिने उल्लेख गरे ।

उनले रोगी र बहाकबीचमा पनि बिहेबारी गर्न नहुने सुझाव दिए । बाहकले स्वस्थ व्यक्तिसँग बिहे गरे भावी पुस्तामा सिकलसेल तथा थालेसेमिया रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनले थारु समुदायमा सिकलसेल र थालेसेमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए । अन्य समुदायमा पनि उक्त रोग देखिए पनि थारु समुदायमा बढी रहेको उनको भनाइ छ ।

सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभु चौधरीले सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन यसको जाँच गर्न जरुरी रहेकोमा जोड दिँदै थारु समुदायमा सिकलसेलको बढी प्रभाव पर्नुको कारणबारेसमेत जानकारी गराए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले सिकलसेल र थालेसेमियाका बिरामीको नगरपालिकाले स्वास्थ्य बीमा गराउने बताए । आगामी आर्थिक वर्ष २०८०÷८१ देखि बिरामीको पालिकाले स्वास्थ्य बीमा गरिदिने र त्यसको बीमाबापतको रकम पालिकाले तिर्ने उहाँ बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  २ : ३९ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र