२५ श्रावण २०८३, सोमबार | August 11, 2026

बाँकेको राप्ती सोनारीमा सिकलसेल तथा थालेसिमिया बीमा कार्यक्रम संचालन



नेपालगन्ज । बाँकेको राप्ती सोनारीमा सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामी तथा परिवारका लागि प्रदेश सरकारबाट निशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिएको छ । राप्ती सोनारी गाउँ पालिकामा निदान भएको ३३ जना बिरामीको बीमा कागज बिरामीहरुलाई हस्तान्तरण गर्दै स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले बिरामीहरुलाई बीमा कागज हस्तान्तरण गरेका थिए । कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य मन्त्री खनालले सिकलसेल लगायतका हाल बढदो प्रकोपमा रहेका नसर्ने रोग को नियन्त्रण , रोकथाम तथा उपचार ब्यबस्थापनमा सेवाको पहुँच नपुगेका नागरिकलाई सेवाको पहुँच पुर्याउन आधारभुत लगायत बिशिस्टकृत सेवा सर्बसुलभ बनाउन लुम्बिनी प्रदेश सरकार लागि परेको बताए ।

शहरी बिकास मन्त्री कृष्णा के.सि. नमुनाले सिकलसेल एनिमिया को रोकथाम उपचारका लागि लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको र बिगत बर्षहरु देखि नै सिकल सेलको निदान , उपचार तथा तथा रोकथामको लागि बजेट तथा कार्यक्रम प्राथमिकतामा रहेको बताइन् ।

राप्ती सोनारी गाउँपालिका प्रमुख तप्त पौडेलले राप्ती सोनारी गाउँ पालिकाका ९ वटै वडाका थारु समुदायका सबै ब्यक्ति हरुको सिकलसेल जाँच गर्ने योजना रहेकाले त्यसकालागी प्रदेश सरकारले बजेट तथा कार्यक्रममा सहयोग गरि रगत जाँच, उपचार तथा बिमा कार्यक्रममा सहयोग गर्न अनुरोध गरे । उनले भौगोलिक हिसाब र जनसंख्याको हिसाबले ठूलो स्थानीय तह भएकोले राप्ती सोनारी गाउँ पालिकाको राप्तीसोनारी अस्पताललाई प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गतको अस्पतालमा राख्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य सन्जु चौधरी ,माया पुन , शुशिला नेपाली, मिना सिद्दिकी, स्वास्थ्य मन्त्रालयका सचीव डा जनार्दन पन्थी , स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोद कुमार गिरि, भेरी अस्पताल बिकास समिती अध्यक्ष बिरेन्द्र शाह लगायतको उपस्थिति रहेकोे थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ३४ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय