१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘नम्बरी सुन’ को फस्टलुकमा कलाकारको भाव



काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को बिहिबार दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् ।

फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ । सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाको रुपमा प्रस्तुत गरिएको छ । त्यस्तै गौरवलाई केही आक्रोशित मुडमा देखाइएको छ । फिल्ममा खलपात्रको भूमिकामा देखिएका किरणलाई काँधमा हतियार बोकेर आक्रोशमा देखाइएको छ । अभिनेता सरोजलाई गम्भीर चरित्रमा देखाइँदा राजाराम र बुद्धिलाई आश्चर्यको शैलीमा प्रस्तुत छन् ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

फिल्ममा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।

फिल्ममा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । फिल्मलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ४५ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,