३ पुस २०८२, बिहिबार | December 18, 2025

खजुराका पालिका अध्यक्ष र उपाध्यक्ष वडाअध्यक्षहरु लिएर सडक कार्यालय घेराउमा



खजुरा । खजुरा क्षेत्रमा निर्माणाधिन पुल र सडक अलपत्र परेको भन्दै त्यस क्षेत्रका जनप्रतिनिधीहरु सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेका छन् । खजुरा क्षेत्रमा निर्माणाधिन ५ वटा पुल र नेपालगन्ज गुलरिया सडक अन्तर्गत खजुरा बजार खण्डको सडक अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि जनप्रतिनिधीहरु दलबलका साथ सडक कार्यालय पुगेका हुन् ।

बिहीबार खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरु पालिका अध्यक्ष डम्बर विक तुफानको नेतृत्वमा सडक डिभिजन कार्यालय नेपालगन्ज पुगेर समयमा काम नगर्ने र गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारवाही गर्न माग गरे ।

उनीहरुले खजुरा गाँउपालिकाको परसपुर – गौघाट सडकको किरणनालाको पुल तथा खजुरा बजार क्षेत्रको फोरलेन सडक निर्माणमा चरम लापरबाही भएको भन्दै तत्काल निर्माण गर्ने प्रक्रिया अघि बढाउन वा ठेकेदारलाई कडा कारवाही गर्न माग गरेका थिए ।

पालिका अध्यक्ष विक सहितको टोलिले सडक डिभिजन प्रमुख निरज शाक्यलाई भेटदै जनताको प्रत्यक्ष सम्पर्कमा रहेको स्थानीय तहमा जनताले बारम्बार उक्त कामका बारेमा आफूहरुलाई प्रश्न गरिरहँदा त्यसको उत्तर आफूहरुले दिन नसकेको बताएका थिए । ‘हामीहरु जनताको आवाज लिएर सरोकारवाला निकाय सडक डिभिजनमा हामी आएका हौं,’ विकले भने, ‘यसअघि निर्माणका लागि थोरै सुरुवात भयो । तर १ नम्बरको हुने वित्तिकै अर्को तिर रोकियो ।’ उनले संघीय सरकारको निकाय सडक डिभिजन भएकाले सडक निर्माण छिटो सम्पन्न गर्ने माग राख्न आफूहरु आएको बताए ।

विकले गणेशमान चोकदेखि गौघाटसम्मको सडक निर्माण भइरहेता पनि उक्त स्थानमा पर्ने दुईवटा पुलको काम सम्पन्न नहुँदा जनताले धेरै समस्या भोगिरहेको बताए । उनले खजुराको १ हजार ८ सय मिटरको सडक र खजुरा बजारको पुल आगमी वर्ष मै ठेक्कापट्टा हुनेगरी मन्त्रालयमा पठाउन अनुरोधसमेत गरे ।

उनले काम यथासिघ्र सुरु नभए वा ठेकेदारलाई कानुनी दायरामा नल्याइए जनतालाई सडक डिभिजन घेराउको आह्वान गर्न आफुहरु बाध्य हुनुपर्ने बताए ।

खजुरा गाँउ पालिकाकी उपाध्यक्ष मञ्जु मल्ल चन्दले खजुराको १८ सय मिटर बाटो निर्माण हुन लाागेको ५ वर्ष हुन लाग्दापनि काम सम्पन्न नभएकाले सडक सम्म आउनु परेको बताइन् ।

अध्यक्ष र उपाध्यक्षसँगै सडक कार्यालय पुगेका खजुराका वडाअध्यक्षहरुले आन्दोलनका परिस्थिति सृजना गर्ने परिस्थिति सृजना नहोस् भन्ने चेतावनी दिँदै हप्तादिनमा काम सुरु गर्न माग गरेका थिए ।

घेराउ गर्न पुगेका जनप्रतिनिधिहरुलाई डिभिजन प्रमुख ईन्जिनियर निरज शाक्यले खजुराको १ हजार ८ सय मिटर सडकको म्याद पुस मसान्तमा सकिएको र हाल ठेकेदार क्मपनीलाई प्रतिदिन ० दशमलव ०५ प्रतिशतका दरले जरिवाना लागेको बताए । उनले उक्त सडक निर्माणका लागि धेरैपटक ताकेता गरे पनि केही समय काम गरेजस्तो गर्ने र छोड्ने गरेको बताए । यस विषयमा आफूले कारवाहीका लागि विभागमा पनि छलफल गरेको जानकारी दिए ।

खजुरा क्षेत्रका ५ वटा पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क बाहिर भन्ने समाचार खबरकुराले प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १० : १३ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको