२ चैत्र २०८२, सोमबार | March 16, 2026

बाजुरामा भूकम्पको दुई धक्का, पहिलो भन्दा पछिल्लो शक्तिशाली



कैलाली । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।

मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भुकम्प शक्तिशाली रहेको थियो । जसअनुसार गए राती ११ः५८ बजे गएको भुकम्प ४.९ म्याग्निच्यूडको थियो भने १ः३० बजे गएको भुकम्प अघिल्लो भन्दा बढी शक्तिशाली थियो । पछिल्लो भुकम्प ५‍.९ म्याग्निच्यूड रहेको रेकर्ड हुन पुगेको जनाइएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताएका छन् । यद्धपी, सो भुकम्पबाट हुन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद ब्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ०६ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील