२ पुस २०८२, बुधबार | December 18, 2025

प्रथम बुटवल मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता बैशाख १८ गतेबाट शुरु, बुटवल टिमको जर्सी सार्वजनिक



बुटवल । बुटवलमा पहिलोपटक प्रथम बुटवल मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक प्रथम बुटवल मेयर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको हो ।

पालिकास्तरका युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ बैशाख १८ गतेबाट शुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल क्रिकेट विकास समितिको अध्यक्ष अमित श्रेष्ठले जानकारी दिए ।

यसैबिच समितिका वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्य र उपाध्यक्ष अनिल सेन्चुरीले बुटवल टिमको जर्सी सार्वजनिक गर्दै टिम क्याप्टेन भुवन पाण्डेलाई हस्तान्तरण गरेका छन ।

नरेश्वर क्रिकेट मैदानमा दैनिक २ खेल टि-ट्वान्टी फरमेटमा हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिका गरी ६ टिम प्रतियोगिताको उपाधि भिडन्त गर्ने भएका छन ।

४ दिनसम्म चल्ने प्रतियोगितामा ६ लाख ५० हजार खर्च हुने अनुमान रहेको छ । प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाले ५ लाख बजेट विनियोजन गरिको छ । प्रतियोगितामा टिम दर्ता निशुल्क गरिएको छ ।

समितिबाट उजरसिंह ट्रफि समेत खेलाईदै आएको र यसपटक विजेता वेष्ट्रन क्रिकेट एकेडेमी रहेकाले यसलाई नै बुटवल टिमको खेलाडीहरु छनौटको जिम्मा दिईएको उनले बताए । म्याटमा खेलाईने खेल लिग कप नकआउट आधारमा हुने छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समितिका सचिव पुनित पोखरेलले बताए ।

यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, मेडल, प्रमाणपत्र, म्यान अफ द सिरिजलाई नगद ५ हजार रुपैया, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २ हजार ५ सय रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको उद्घाटन खेल आयोजक बुटवल र सैनामैनाका बिचमा हुने छ । फाईनल खेल २२ गते हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ३१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल