२८ मंसिर २०८२, आइतबार | December 14, 2025

निरा पाण्डेका हत्या आरोपी सार्वजनिक



काठमाडौं । काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संग्लन भएको दाबी गर्दै आरोपी झापा मेचीनगर-१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्ना रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएको हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ ।

पाण्डेले लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा उनले हत्या गरेका हुन् । हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त बेचेको भेटिएको प्रहरीले जनाएको छ । सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ ।

आफूहरुसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हत्यार प्रहार गरी हत्या भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : ४९ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको