३ आश्विन २०८३, शनिबार | September 19, 2026

श्रमिक दिवसको अवसरमा बुटवलद्वारा इ-रिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान



बुटवल । बुटवल उपमहानगरपालिकाले इ-रिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरेको हो ।

आइतबार बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका इ-रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

पाण्डेयले इ-रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए ।

उनले बुटवलमा इरिक्सा र टेम्पो चालक महिलाहरु स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका समुन्द्र जिसी, रिक्सा व्यवसायी प्रकाश खनाल, रिक्सा चालक महिलाहरु सुशीला अर्याल, मीना नेपाली लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : १५ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री