२ पुस २०८२, बुधबार | December 17, 2025

तिलोत्तमाको स्वास्थ्य चौकीमा एन्टी रेबिज भ्याक्सिन सेवा सुरु



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा-६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट सो सेवा सुरु भएको वडा अध्यक्ष गणेश पाठकले बताएका छन् । सो सेवा सुरुसंगै नगरबासीमा खुसी छाएको छ । यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेबिजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिन सहितको बक्स स्वास्थ्य चौकीका प्रमुख ज्ञानु पौडेल र फोकल पर्सन हुमनाथ पाण्डेलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि सुचना र चेतना कम हुँदा समस्या देखिएको बताए ।

उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्‍याउन सबै नगरबासी टोलबासीहरुमा आग्रह गरे। बाताबरण र स्वास्थ्यको क्षेत्रमा प्रगती भएको भन्दै नगर प्रमुख खाणले अन्य क्षेत्रको भन्दा तिलोत्तमाका नगरबासीको औसत आयु बढी रहेको बताए । नगरप्रमुख खाणले नगरपालिकाको हरियाली प्रवर्द्धन, छाडा कुकुर र अन्य जनावर व्यवस्थापन तथा स्वास्थ्यको क्षेत्रमा नगरपालिका लागिपरेको बताए ।

सो अवसरमा बोल्दै तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकले बुटवल भैरहवा जानुपर्ने बाध्यता टरेको भन्दै त्यस्ता पशुले टोकेर लाग्ने रेबिजको भ्याक्सिन तिलोत्तमामै पाइने बताए । उनले घरघरमा स्वास्थ्यकर्मी र जनताले सो सम्बन्धी सुचना र चेतनालाई सबै माझ लैजानुपर्ने बताए । सो कार्यक्रममा बोल्दै तिलोत्तमा-१ का वडा अध्यक्ष फर्शुराम गिरी, स्वास्थ्य शाखा प्रमुख ध्रुव घिमिरे, स्वास्थ्य चौकी प्रमुख ज्ञानु पौडेल लगायतले नगरबासीहरुले सो सम्बन्धि सेवाको पुर्ण लाभ लिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : ३० बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा