२७ मंसिर २०८२, शनिबार | December 13, 2025

इ-रिक्साले अस्तव्यस्त बुटवलका इ-रिक्सा चालक भन्छन् : ‘राजमार्गमा रिक्सा चलाउन पाउनुपर्छ’



बुटवल । इ-रिक्साकै कारण मुख्य शहर अस्तव्यस्त भएका बेला बुटवलका इ-रिक्सा चालकहरुले मुख्य राजमार्गमा इ-रिक्सा चलाउन दिनुपर्ने माग राखेका छन् । उनीहरुले मुख्य राजमार्गमा इ-रिक्सा चल्न नदिएर ट्राफिक प्रहरी र स्थानीय निकायले आफुहरुमाथि ज्यादती गरेको बताएका छन् ।

बुटवलमा आयोजित एक कार्यक्रममा इ-रिक्सा संचालकहरुले शाखा बाटोहरुमा मात्र चल्न सदने निर्णयले आफुहरुलाई अन्याय भएको भन्दै ट्राफिक प्रहरीले सडक पार समेत गर्न नदिने गरेको गुनासो गरे । अपमान गर्ने र अनावश्यक दुख दिने कार्यलाई यथासिघ्र रोक्नु पर्ने उनीहरुको माग छ ।

बुटवलमा शहरको क्षमता भन्दा बढी रिक्सा संचालनमा रहेका कारण शहरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनुका साथै इ-रिक्साकै कारण धेरै दुर्घटना समेत हुने गरेको छ । उपमहानगरले उचित व्यवस्थापन गर्न नसक्दा इ-रिक्सा संचालकहरुले आफुखुसी भाडा असुल्ने देखि तोकिएको रुटमा जान नमान्ने गरेको उपभोक्ताहरुको गुनासो समेत रहेको छ ।

कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका संयोजक समुन्द्र जीसीले अटो संचालकहरुले उपमहानगरले तोकेको भाडा दर लागु नगरेको गुनासो गरे । उनले यात्रा गर्ने उपभोक्तालाई बाध्यतामा पारेर बढी पैसा असुल्ने गरिउको बताउँदै इ-रिक्सा संचालकहरुले स्थानीय निकायले बनाएको नियम पालना गर्नु पर्ने बताए । शहरको सौन्दर्यतामा इ-रिक्सा बाधक रहेको उल्लेख गर्दै उनले शहर सुन्दर बनाउनु इ-रिक्सा संचालकको पनि कर्तब्य भएको बताए । नियमन गर्न खोज्दा आफुले अदालतमा मुद्दा खेप्नु परेको बताउँदै उनले उपमहानगरले इ-रिक्सामा जिपीएस लगाएर नियन्त्रण गर्न सुझाव दिए ।

महिला इ-रिक्सा चालक मिना नेपालीले प्रहरीले महिला इ-रिक्सा चालक माथि विभेद गर्ने गरेको बताइन् । उनले इ-रिक्सा चालकको पनि कमजोरी रहेको स्वीकार गर्दै सबैलाई नियमको पालना गर्न आग्रह गरिन् ।

बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भने ठुलो संख्यामा इ-रिक्सा दर्ता गर्न आउने प्रबृत्तिलाई उपमहानगरले अस्वीकार गर्ने बताए । अटो संचालहरुले इ-रिक्सा संचालनका नाममा दलाली गर्ने गरेको आरोप लगाउँदै ठूलो संख्यामा उपमहानगरमा रिक्सा दर्ता गर्ने र महङ्गो मुल्यमा बेच्ने गरेको आरोप लगाए । इ-रिक्सामा भएको कालोबजारीलाई आफुले नछाड्ने नगरप्रमुख पाण्डेको चेतावनी थियो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले कुनैपनि शहरमा राजमार्गमा इ-रिक्सा चल्न दिने नियम नभएको दाबी गर्दै सबै स्थानमा नियमन गरिने बताए । उनले तिब्र गतिका कारण दुर्घटना हुने गरेको बताउँदै दुर्घटनाको अर्को कारण मापसे भएको बताए ।

बुटवल उपमहानगरले १ हजार ४४० इ-रिक्सा संचालनको अनुमती प्रदान गरि दर्ता गर्न भने पनि उपमहानगरमा २ हजार ५०० बढी इ-रिक्सा संचालनमा रहेका छन् । मुख्य राजमार्गमा इ-रिक्सा संचालनमा रोक लगाए पनि शाखा बाटोहरुमा इ-रिक्सा संचालकहरुले आफु खुसी भाडा निर्धारण गरेर असुली गर्ने गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ४४ बजे

एनपीएल फाइनल आज : सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि आज

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग