१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

आर्थिक समस्या नियन्त्रणबाहिर छैन : मन्त्री साउद



धनगढी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले आइतबार धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताए । उनले भने, “हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने कुरामा सरकार दृढताका साथ लागेको छ ।”

नेपालमा बैंकिङ क्षेत्र मजबुत रहेको भए पनि उद्योग व्यवसाय क्षेत्रमा केही समस्या रहेको बताउँदै उनले सञ्चित रकमको ब्याजदर घटाइएको र ऋणको ब्याजदर घटाउने प्रयासमा सरकार रहेको स्पष्ट पारे ।

भारतबाट सुदूरपश्चिम भित्रिने मुख्य सीमा नाका गौरीफन्टाको बाटो जङ्गल भएर आउने भएकाले केही चुनौती रहेको उल्लेख गर्दै उनले यो विषयमा दुई देशबीच छलफल गरिने र नाका क्षेत्रमा दुवै देशको क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल गरिने बताए।

सो अवसरमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले गौरीफन्टा नाका स्तरोन्नति, नाकामा प्लान्ट क्वारेन्टाइनको व्यवस्थाका साथै नागरिकको आवागमन सहज बनाउन र कञ्चनपुरको सुक्खा बन्दरगाह निर्माणमा सक्रियता देखाउनुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र पेश गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका परराष्ट्रमन्त्री साउदले आजै नेपाली कांग्रेस कैलालीद्वारा धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एकताबद्ध भएर पार्टी सङ्गठनलाई बलियो बनाउने काममा लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ४२ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल