१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एसिया कपमा छनोट हुन युएईले नेपाललाई दियो ११८ रनको सामान्य लक्ष्य



काठमाडौं। एसिसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधिका लागि यूएईले नेपाललाई सामान्य लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ३३.१ ओभरमा १० विकेट गुमाउँदै ११७ रन बनाएको छ ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २-२ तथा सोमपाल कामी र गुलसन झाले १-१ विकेट लिएका छन् ।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ३३ बजे

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित