४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आज हुने नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने



काठमाडौं । एसिसी प्रिमियम कप क्रिकेट प्रतियोगिताको सोमबारको खेल वर्षाका कारण रोकिन पुगेपछि नेपाल र यूएईबीच आज हुने बाँकी खेल हेर्न दर्शकले नयाँ टिकट काट्नु नपर्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबारको म्याचका लागि टिकट बिक्री नगरिने जनाएको छ ।

क्यानले सोमबार नै टिकट काटेका दर्शकलाई प्राथमिकता दिइने जनाएको छ । सिट तथा ठाउँ बचेको अवस्थामा भने अन्य दर्शकलाई समेत प्रवेश गर्न दिइने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन् ।

नेपाल र यूएईबीचको म्याच सोमबार वर्षाका कारणले स्थगित भएको स्थितिबाटै मंगलबार सुरु हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएर मैदान उत्रिएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २७ औं ओभर चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो ।

मंगलबार पनि सोही स्थितिबाट यूएईले ब्याटिङ थाल्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : २६ बजे

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि