४ भदौ २०८३, बिहिबार | August 20, 2026

आज हुने नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने



काठमाडौं । एसिसी प्रिमियम कप क्रिकेट प्रतियोगिताको सोमबारको खेल वर्षाका कारण रोकिन पुगेपछि नेपाल र यूएईबीच आज हुने बाँकी खेल हेर्न दर्शकले नयाँ टिकट काट्नु नपर्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबारको म्याचका लागि टिकट बिक्री नगरिने जनाएको छ ।

क्यानले सोमबार नै टिकट काटेका दर्शकलाई प्राथमिकता दिइने जनाएको छ । सिट तथा ठाउँ बचेको अवस्थामा भने अन्य दर्शकलाई समेत प्रवेश गर्न दिइने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन् ।

नेपाल र यूएईबीचको म्याच सोमबार वर्षाका कारणले स्थगित भएको स्थितिबाटै मंगलबार सुरु हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएर मैदान उत्रिएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २७ औं ओभर चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो ।

मंगलबार पनि सोही स्थितिबाट यूएईले ब्याटिङ थाल्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : २६ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक