१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

आज देखि बेलहिया सहितको सिमानाका बन्द हुदैँ



भैरहवा । मंगलबारदेखि बेलहिया सहित रुपन्देहीसँग जोडिएको नेपाल भारत सिमा बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश महरागंजमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल-भारत सीमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो ।

१२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलबार साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षाा निकायको समन्वय तथा सहमतिमा नाकाहरु बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजे सम्म) सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । दुवै देशको प्रशासनका अधिकारीहरुको बैठकले १९ गते देखि २१ गते साझ ६ बजे सम्मका लागि पूर्ण रुपमा सिमानाका शिल गर्ने निर्णय भएको हो ।

सीमा बन्द भए पनि अति आावश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दुध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेकअन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचनलाई नै लक्षित गरि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ । निर्वाचनका समय अपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले पनि संयुक्त गस्ती गर्ने छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ५३ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट