२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री र सभामुखको बधाई



काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विधेता नेपाली टिमलाई बधाई दिएका छन् ।

एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।

‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिँदै प्रधानमन्त्रीले भनेका छन् ।

सभामुख देबराज घिमिरेले पनि नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन ।

‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको ब्याबसायीकरणमा थप सहयोाग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यको तर्फवाट थप सम्मान र सहयोग आवाश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’

नेपालले आज संयुक्त अरब इमिरेटस ९युएई०लाई ७ विकेटले हराएर फाइनल खेलमा जीत हासिल गरेको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ०० बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा