५ आश्विन २०८३, सोमबार | September 22, 2026

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 



काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि १३९ को स्कोरसम्म पुर्‍याउन दीपेन्द्र सिंह ऐरीको ब्याटिङको भूमिका महत्वपूर्ण रह्यो । उनले अन्तिम ओभरमा नै दुई छक्का र दुई चौका प्रहार गर्दै २० रन जोडेका थिए ।

जम्मा २९ बल खेलेका ऐरीले तीन छक्का र चार चौका प्रहार गर्दै नटआउट ४४ रन जोडे । यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन जोडे ।

ओपनर कुशल भुर्तेल शून्य रनमै डकआउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता हङकङका लागि आयुस श्क्लाले तीन विकेट लिँदा अतीक इकबाल, यासिम मर्तजा र इसान खानले १र१ विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ०५ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न