४ पुस २०८२, शुक्रबार | December 20, 2025

तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बार अध्यक्षको चेतावनी



काठमाडौं, १९ वैशाख । नेपाल बार एसोसियसन अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोनमा उत्रिएको बारले मंगलबार तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । सोही क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् ।

लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा चलेको भन्दै बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै आएको छ । तर, प्रधानन्यायाधी नियुक्ति प्रक्रियाअघि नबढाएको भन्दै बार अध्यक्ष घिमिरेले जारी आन्दोलन एक हप्तासम्म रहने र माग पूरा नभए पुनः आन्दोलन गर्ने जानकारी दिए ।

‘संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर’ जस्ता लेखिएका प्लेकार्डसहित कानुन व्यवसायी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको