६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

डा.चन्द्र भण्डारी थप उपचारका लागि फ्रन्टलाइन अस्पताल भर्ना



काठमाडौं । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी थप उपचारका लागि काठमाडौंको फ्रन्टलाइन अस्पताल भर्ना भएका छन् ।

२ महिना बढी भारतमा उपचार गरि आइतबार स्वदेश फर्केका डा. भण्डारी थप उपचारका लागि काठमाडौंको पुरानो बानेश्वरमा स्थित फ्रन्टलाइन अस्पतालमा भर्ना भएका हुन् ।

नेपालको एकमात्र बर्न अस्पताल कीर्तिपुर बर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शंकरमान राईको परामर्शबाट फ्रन्टलाइनमा भर्ना गरिएको बताइएको छ । अस्पतालले डा. भण्डारीको उपचारका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने निर्णय गरेको फ्रन्टलाईन अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए।

भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार डा. भण्डारीको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उनका टिम संलग्न छ। अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायत उपचार गराइने डा पाण्डेले जानकारी दिए।

भण्डारी यसअघि भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा २ महिना बढी उपचार गराइ आइतबारमात्र नेपाल फर्केका थिए । भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ छ। शरीरमा संक्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका स्वकिय सचिव कंडेलले बताए ।

गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ५६ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा