१२ माघ २०८२, सोमबार | January 26, 2026

स्मार्ट टेलिकमको लाइसेन्स खारेज



काठमाडौं । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले अनुमति पत्र नविकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति पनि हस्तान्तरण गर्न भनिएको छ ।

प्राधिकरणले स्मार्ट टेलिकमको नाममा सूचना जारी गर्दे नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।

‘नेपाल  दूरसञ्चार  प्राधिकरणबाट  आधारभूत  टेलिफोन  सेवाको  अनुमतिपत्र  प्राप्त  संस्था  श्री  स्मार्ट  टेलिकम  प्रा।लि।,  कुमारीपाटी, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं. BTSL-01) नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ, ‘साथै, उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम ९१० बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सुचित गरिएको छ ।’

स्मार्ट टेलिकमको लाइसेन्स खारेजीबाट जोगाउन सरकारले पटक–पटक बक्यौता तिर्ने म्याद थपे पनि कम्पनीले अटेरी गरेपछि यस पटक स्वतः अनुमतिपत्र खारेज भएको हो । अनुमतिपत्र खारेज भएसँगै स्मार्ट टेलिकमको सम्पत्ति सरकारले नै व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ०८ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना