२ पुस २०८२, बुधबार | December 17, 2025

माओवादी व्यवहारबाट माधव नेपाल मर्माहत, घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी



सुर्खेत । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीर्ला बेवास्ता गरेर एकलौटी रुपमा सरकार चलाउने व्यवहार आफूहरुलाई स्वीकार्य नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भने ।

आफूहरुसँग गठबन्धनज टिकाउने क्षमता, खुबी र हिस्सेदारी रहेको बताउँदै अध्यउक्ष नेपालले तर, आफूहरुलाई पीडा दिने खालको व्यवहार देखिसकेकाले मर्माहत भएको बताए ।

उनका अनुसार खासगरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ । कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै उनले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ५६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन