२ पुस २०८२, बुधबार | December 17, 2025

नेपालगन्जमा अन्धाधुन्द विद्युत कटौती, उपभोक्ता र उद्योगी सास्ती खेप्दै



नेपालगन्ज । नेपालगन्जमा अघोषितरूपमा पटकपटक विद्युतको लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन् ।

विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएमा सङ्घ आन्दोलनमा उत्रिने चेतावनी दिए । “हावाहुरीका कारण कहिलेकाहीँ विद्युत् कटौती हुनु स्वभाविक मान्न सकिएला तर पटकपटक जानकारी बिना नै हुने कटौतीले उद्योगमा धेरै मार परेको छ । त्यसो भइरहे हामी सहेर बस्दैनौँ”, उनले भने ।

प्राधिकरणको नेपालगन्जस्थित लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख इ.हरिप्रसाद पाण्डेले यहाँ विद्युत्को स्रोत टनकपुरबाट मात्रै आउने भएकाले समस्या हुने गरेको बताए । आपूर्तिकै कारण हुने कटौतीमा आफूहरुले केही गर्न नसक्ने भए पनि स्थानीय वितरणमा आउने समस्या समाधानका लागि भने प्रयास गरिरहेको उनको भनाइ थियो ।

नेपालगन्जमा १६ र आठ एमभिएका दुईवटा गरी २४ एमभिएका ट्रान्सफर्मर रहेकामा बसपार्कमा एउटा आठ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिएको प्रमुख पाण्डेले बताए । केही दिनअघि जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट दुईवटा फिडर पनि निकालेर विद्युत् वितरण गर्न थालिएको र यसले ट्रान्सफर्मरमा ओभरलोड भएर हुने विद्युत् कटौती कम गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।

प्रमुख पाण्डेले यो बेलामा विकास निर्माणका कार्य भइरहने र हावाहुरीका कारण आउने समस्याले पनि विद्युत् कटौती हुने गरेको पनि उल्लेख गरे ।

वितरण केन्द्रका अनुसार अहिले कन्डक्टर तारलाई तीनबाट पाँचमा राखिएको, तारलाई छुने अन्य तार र झार काँटछाँट गरिरहेको, फेज थपिएको, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्को फिडरमा लैजाने तयारी भइरहेको र ट्रान्सफर्मरको फ्युज जान नदिन एलटी लाइनमा एमसिबी बक्स जडान गरिएको छ ।

विद्युत् लाइन निरन्तर सञ्चालन राख्नका लागि ठाउँठाउँमा डिसकनेक्सन राख्न थालिएको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर तथा ब्रेकर मर्मत पनि गरिएको र विभिन्न ठाउँका ट्रान्सफर्मर अपग्रेड गरिएको पनि केन्द्रले जनाएको छ ।

बाँकेको खजुरामा सञ्चालनमा आएको १० मेगावाट सौर्य विद्युत्बाट दिउसोको समयमा भोल्टेजको समस्या हटेको छ उक्त विद्युत् दिउँसोको समयमा मात्रै उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १ : ४६ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११