२ चैत्र २०८२, सोमबार | March 17, 2026

ज्ञान र दर्शनको कुनै सीमारेखा हुँदैन : प्रधानमन्त्री प्रचण्ड

'क्रान्ति र शान्तिलाई एक साथ अगाडि बढाउन सक्षम छौं'



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान र दर्शनको कुनै सीमा रेखा नहुने बताएका छन् ।

२५६७ औं बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले ध्यान र विकासलाई जोडेर जानुपर्ने बताए । उनले भने, ‘ज्ञान र दर्शन कसैको सम्पत्ति नभएर सबैको साझा सम्पत्ति हो ।’

प्रधानमन्त्री प्रचण्डले क्रान्ति र शान्तिलाई एक साथ अगाडि बढाउन हामी सक्षम रहेको जिकिर समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले सम्भावित विश्व सम्पदासूचीमा राख्न सरकारको प्रयत्नमा स्थानीयको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बृहत्तर लुम्बिनीको विकासमा सरकारको ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले बुद्ध सर्किटको सम्भावना भएर पनि त्यो पूरा हुन नसक्दा बुद्धको सन्देश प्रवाह गर्न समस्या रहेको बताए । उनले अब सरकारले देशभित्रका बुद्ध सर्किटहरुलाई जोडेर बृहत्तर विकास गर्नुपर्ने जनाए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ११ : ०३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित