१६ भदौ २०८३, मंगलबार | September 1, 2026

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु



बेनी । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खसेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ३ : ३८ बजे

हेटौँडा-काठमाडौं आवतजावतमा ‘वान-वे’ रुट

हेटौँडा । हेटौँडा-काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक

ढुङ्गेमा यातायात सञ्चालन

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी