९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

केरलामा बालबालिका बोकेको डुंगा पल्टिदा २० को मृत्यु



नयाँदिल्ली । आइतबार साँझ केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २० जनाको ज्यान गएको छ । सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई-दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यस घटनाको बारेमा भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै भनेका छन, ‘केरलाको मलाप्पुरममा भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाएकोमा म दुखित छु । शोक सन्तप्त परिवारजनमा समवेदना। प्रत्येक मृतकका आफन्तलाई दुई लाख रूपैयाँ प्रदान गरिनेछ ।’

केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेषगरी बालबालिका रहेको बताए । प्राप्त जानकारी अनुसार विद्यालय बिदामा बसेका बालबालिकाहरु हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो । अझै पनि धेरै बालबालिका हराएको खबर आएको छ, जसको खोजीका लागि विशेष अभियान चलिरहेको छ ।

घटनास्थलमा पुगेको प्रहरी भने यस विषयमा सम्पूर्ण अनुसन्धानमा जुटेको छ । घटना कसरी भयो भन्ने बारेमा वरपरका मानिसहरूलाई पनि सोधपुछ भइरहेको छ । घटनाको बारेमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘दुर्घटना साँझ करिब सात बजे भएको थियो । अहिलेसम्म पानीबाट निकालिएका मानिसहरूलाई नजिकैको निजी र सरकारी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ केहीको उपचार भइरहेको छ । उनले भने, ‘दुर्घटनाको एकिन कारण अहिले नै थाहा हुन हुन सकेको छैन । अहिले हामी सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : ११ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय