२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुन: आन्दोलन सुरु हुने



विराटनगर । आजदेखि कोशी प्रदेश नामाकरण विरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो ।

संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार आजबाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश-१ को नाम कोशी राखेपछि मुख्यतस् किराँत र लिम्बुवान समुदायका मानिसहरु आक्रोशित हुदैँ आएका छन ।

यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिस्कार तथा उपस्थित भएर विरोध गर्ने जनाईएको छ भने कोशी प्रदेशका जिल्लाहरुमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा राख्ने लगायतका कार्य प्रदेशभरी गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता बृहत भेला आयोजना गर्ने जनाईएको छ ।

यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउने देखी कोशी प्रदेश स्तरीय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाईएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : १७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका