९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति



विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ ।

दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमतिअनुसार प्रदेशको पुनः नामाकरण सम्बन्धमा सरकार र आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइनेछ ।

यी हुन् सहमति भएका पाँच बुँदा :

१. प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

२. आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

३. पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

४. पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

५. अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : ०२ बजे

कोलकोता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग छलफल

काठमाडौं । कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त

जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

काठमाडौं । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको