४ श्रावण २०८३, सोमबार | July 21, 2026

बुटवलका होटल व्यावसाय संचालन रहेका घर धनीले दिए ४० प्रतिशतसम्म भाडामा छुट



बुटवल । होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घरभाडा छुट गर्ने घरधनीलाई सम्मान गरेको छ । बुटवलका १४ जना घरधनीले होटल सञ्चालनका लागि घरभाडा छुट दिएपछि होटल तथा पर्यटन व्यवसायीले घरधनीहरुलाई सम्मान गरेका हुन् ।

कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय नचलेको भन्दै पर्यटन व्यवसायीले चर्को घरभाडा र चर्को बैंकको व्याज घटाउन माग गर्दै आएका थिए ।

उनीहरुले १२ देखि ४० प्रतिशतसम्म घरभाडा छुट दिएका छन ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले होटल तथा पर्यटन व्यवसायीदेखि सबै क्षेत्रका व्यवसायीका समस्याप्रति उपमहानगरपालिका चिन्तित् रहेको बताए । प्रदेश राजधानी सरेपछि बुटवलको चलायमान कमजोर हुंदा पर्यटन व्यवसायी समस्यामा परेको र त्यसैमाथि आर्थिक मन्दीले सबै क्षेत्रका व्यवसायी समस्यामा परेको बताए ।

उज्यालो बुटवल बनाउन सडक व्यवस्थित गरिने प्रतिवद्वता जनाउंदै उनले खानेपानी र सरसफाईको उचित व्यवस्थापन गरिने र अन्य सुधारका सबै काम गरिने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवललाई पुरानै लयमा फर्काउन बुटवललाई पर्यटकीय विश्राम स्थलका रुपमा विकास गर्नुपर्ने बताए । बुटवललाई चलायमान बनाएर पुरानै लयमा फर्काउन नीजि क्षेत्र र स्थानीय सरकारवीच सहकार्य हुनुपर्ने बताउंदै बुटवललाई चलायमान बनाउन पर्यटन व्यवसायी सबैसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको अध्यक्ष भण्डारीले प्रतिवद्वता जनाए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष रामप्रसाद गौतमले कोभिड र आर्थिक मन्दीले सबै व्यवसायी संकटमा परेकोले बुटवललाई चलाएमान बनाउनका लागि होटल संचालन भएका घर धनीले देखाएको सदासयता अन्य क्षेत्रकाले पनि व्यवहारमा ल्याउन माग गरे ।

नेपाल घरवहाल सरोकार संघ बुटवलका अध्यक्ष राजु लिगलले आर्थिक मन्दीसंगै चर्को बैंकको व्याज र घरभाडाका कारण व्यवसायी विस्थापित हुनै लागेको बेला केही घरधनीहरुले घरभाडामा छुट दिंदा पर्यटन व्यवसायीको मनोबल बढेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी बालाराम भट्टराई, मुरारी पाण्डेय, घरधनी धर्म एसके महासचिव अर्जुन थापा र वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले व्यवसायीका समस्याका वारेमा प्रकाश पारेका थिए । व्यावसायीले सबै घरधनीहरुलाई घरभाडा छुट गर्न आग्रह गर्दै स्थानीय सरकारलाई व्यवसायिक करमा केही भए पनि छुट गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : २८ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा