१५ माघ २०८२, बिहिबार | January 30, 2026

बुटवलका होटल व्यावसाय संचालन रहेका घर धनीले दिए ४० प्रतिशतसम्म भाडामा छुट



बुटवल । होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घरभाडा छुट गर्ने घरधनीलाई सम्मान गरेको छ । बुटवलका १४ जना घरधनीले होटल सञ्चालनका लागि घरभाडा छुट दिएपछि होटल तथा पर्यटन व्यवसायीले घरधनीहरुलाई सम्मान गरेका हुन् ।

कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय नचलेको भन्दै पर्यटन व्यवसायीले चर्को घरभाडा र चर्को बैंकको व्याज घटाउन माग गर्दै आएका थिए ।

उनीहरुले १२ देखि ४० प्रतिशतसम्म घरभाडा छुट दिएका छन ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले होटल तथा पर्यटन व्यवसायीदेखि सबै क्षेत्रका व्यवसायीका समस्याप्रति उपमहानगरपालिका चिन्तित् रहेको बताए । प्रदेश राजधानी सरेपछि बुटवलको चलायमान कमजोर हुंदा पर्यटन व्यवसायी समस्यामा परेको र त्यसैमाथि आर्थिक मन्दीले सबै क्षेत्रका व्यवसायी समस्यामा परेको बताए ।

उज्यालो बुटवल बनाउन सडक व्यवस्थित गरिने प्रतिवद्वता जनाउंदै उनले खानेपानी र सरसफाईको उचित व्यवस्थापन गरिने र अन्य सुधारका सबै काम गरिने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवललाई पुरानै लयमा फर्काउन बुटवललाई पर्यटकीय विश्राम स्थलका रुपमा विकास गर्नुपर्ने बताए । बुटवललाई चलायमान बनाएर पुरानै लयमा फर्काउन नीजि क्षेत्र र स्थानीय सरकारवीच सहकार्य हुनुपर्ने बताउंदै बुटवललाई चलायमान बनाउन पर्यटन व्यवसायी सबैसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको अध्यक्ष भण्डारीले प्रतिवद्वता जनाए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष रामप्रसाद गौतमले कोभिड र आर्थिक मन्दीले सबै व्यवसायी संकटमा परेकोले बुटवललाई चलाएमान बनाउनका लागि होटल संचालन भएका घर धनीले देखाएको सदासयता अन्य क्षेत्रकाले पनि व्यवहारमा ल्याउन माग गरे ।

नेपाल घरवहाल सरोकार संघ बुटवलका अध्यक्ष राजु लिगलले आर्थिक मन्दीसंगै चर्को बैंकको व्याज र घरभाडाका कारण व्यवसायी विस्थापित हुनै लागेको बेला केही घरधनीहरुले घरभाडामा छुट दिंदा पर्यटन व्यवसायीको मनोबल बढेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी बालाराम भट्टराई, मुरारी पाण्डेय, घरधनी धर्म एसके महासचिव अर्जुन थापा र वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले व्यवसायीका समस्याका वारेमा प्रकाश पारेका थिए । व्यावसायीले सबै घरधनीहरुलाई घरभाडा छुट गर्न आग्रह गर्दै स्थानीय सरकारलाई व्यवसायिक करमा केही भए पनि छुट गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : २८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला