१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

दिपज्योती सहकारीका शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण



बुटवल । दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । केन सेन्टरको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यहरुको लागी तिन दिने मधुमेह , उच्च रक्तचाप, मुटु रोग, कलेजो र मिगौला सम्बन्धि निशुल्क रक्त र पिसाबको परिक्षण गरिएको हो।

स्वास्थ्य शिबिरको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष गिरीले सहकारीले आफ्नो शेयर सदस्यलाई समृद्धिसँगै स्वास्थ्य सेवा पनि दिएर फरक पहिचान दिन खोजेको बताए ।

कार्यक्रमा बोल्दै दिपज्योती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमनाथ पाण्डेले आफ्ना शेयर सदस्यहरुलाई स्वास्थ्यका लागि बेलामै सचेतना कार्यक्रम गरेर भोलि रोगहरुबाट हुनसक्ने समस्याहरुलाई बेला मै रोक्न सचेत बनाइएको बताए ।

शिबिरमा प्राविधिक सहयोगी संस्था केन सेन्टरले मधुमेह, उच्च रक्तचाप मुटु , कलेजो र मिर्गौला सम्बन्धी रक्त परीक्षण गरेको थियो । सो अवसरमा बोल्दै सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले समाजमा फैलिरहेको सुगर , मुटु , कलेजो र मिर्गौलाको समस्यालाई बेलामै पत्ता लगाई जीबनशैली सुधार गरेर रोगबाट बच्न सकिने बताए ।अहिलेको आधुनिक जीवनशैलीको राम्रो व्यवस्थापन नहुँदा रोगहरु लाग्ने गरेको र त्यसबाट आर्थिक, मानसिक र शारीरिक दुख हुने कुरालाई बेला मै ध्यान दिनु पर्ने उनले बताए ।

शिबिरमा स्वास्थ्य परिक्षण गर्न आएका चार सय जनाको परिक्षण गर्दा १२% लाई  डाइवेटिज (मधुमेह) १७% विरामीको मिर्गौलाबाट प्रोटीन निस्केको,२०% विरामीहरुको कलेजोको समस्या पाइयो भने ३०% जति विरामीहरुको रगतमा चिल्लो पदार्थ
ट्राईग्लेरेसाइड उच्च रहेको पाइएको कक्षपतीले जानकारी दिए ।

उनले देखिएका सबै समस्या जिवन शैली बाट हुने हुदा विरामीहरुलाई खानपान र जीवनशैली बारे ३ दिने परामर्श सेवा दिइने जनाए ।

स्वास्थ्य सचेतना कार्यक्रमको पहिलो अनुभव लाभप्रद भएको सल्लाहकार जगननाथ कंडेलले बताएका थिए।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ४० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा