४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

दिपज्योती सहकारीका शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण



बुटवल । दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । केन सेन्टरको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यहरुको लागी तिन दिने मधुमेह , उच्च रक्तचाप, मुटु रोग, कलेजो र मिगौला सम्बन्धि निशुल्क रक्त र पिसाबको परिक्षण गरिएको हो।

स्वास्थ्य शिबिरको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष गिरीले सहकारीले आफ्नो शेयर सदस्यलाई समृद्धिसँगै स्वास्थ्य सेवा पनि दिएर फरक पहिचान दिन खोजेको बताए ।

कार्यक्रमा बोल्दै दिपज्योती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमनाथ पाण्डेले आफ्ना शेयर सदस्यहरुलाई स्वास्थ्यका लागि बेलामै सचेतना कार्यक्रम गरेर भोलि रोगहरुबाट हुनसक्ने समस्याहरुलाई बेला मै रोक्न सचेत बनाइएको बताए ।

शिबिरमा प्राविधिक सहयोगी संस्था केन सेन्टरले मधुमेह, उच्च रक्तचाप मुटु , कलेजो र मिर्गौला सम्बन्धी रक्त परीक्षण गरेको थियो । सो अवसरमा बोल्दै सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले समाजमा फैलिरहेको सुगर , मुटु , कलेजो र मिर्गौलाको समस्यालाई बेलामै पत्ता लगाई जीबनशैली सुधार गरेर रोगबाट बच्न सकिने बताए ।अहिलेको आधुनिक जीवनशैलीको राम्रो व्यवस्थापन नहुँदा रोगहरु लाग्ने गरेको र त्यसबाट आर्थिक, मानसिक र शारीरिक दुख हुने कुरालाई बेला मै ध्यान दिनु पर्ने उनले बताए ।

शिबिरमा स्वास्थ्य परिक्षण गर्न आएका चार सय जनाको परिक्षण गर्दा १२% लाई  डाइवेटिज (मधुमेह) १७% विरामीको मिर्गौलाबाट प्रोटीन निस्केको,२०% विरामीहरुको कलेजोको समस्या पाइयो भने ३०% जति विरामीहरुको रगतमा चिल्लो पदार्थ
ट्राईग्लेरेसाइड उच्च रहेको पाइएको कक्षपतीले जानकारी दिए ।

उनले देखिएका सबै समस्या जिवन शैली बाट हुने हुदा विरामीहरुलाई खानपान र जीवनशैली बारे ३ दिने परामर्श सेवा दिइने जनाए ।

स्वास्थ्य सचेतना कार्यक्रमको पहिलो अनुभव लाभप्रद भएको सल्लाहकार जगननाथ कंडेलले बताएका थिए।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ४० बजे

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय