२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अर्घाखाँची आगलागी अपडेट : घाइते भएका तीन जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भएका भुमिकास्थान-२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो ।

पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो । यस्तै घनश्यामको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

मङ्गलबार दिउँसो भूमिकास्थान-२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए । आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेसमेत घाइते भएका छन् । माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियोे । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजान सिफारिस गरिएको थियो ।

यसैबीच सन्धिखर्क नगरपालिका-४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट चार भैँसीसमेत जलेर मरेका छन् । कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ३१ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न