५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेसका युवा नेतासँग गृहमन्त्री श्रेष्ठले भने- भ्रष्टाचारको नेक्सस् नतोडेसम्म राष्ट्र बन्दैन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।

रन्जित कर्ण, गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतका कांग्रेस नेताहरुको टीमले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाएका हुन् । सोही क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार गम्भीर भएर लाग्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता तथा उच्च तहका कर्मचारी मुछिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ४० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र