१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चलचित्रमा गीतसङ्गीतको महत्व



काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एक महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ ।

पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसङ्गीतझैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समय यता भने गीतसङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन । गीतसङ्गीतमा गरिने लगानी अझै बढ्नुपर्ने सङ्गीतकार अर्जुन पोखरेलले बताए ।

“चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङ्ग्रहमा भने त्यो लागू छैन”, सङ्गीतकार पोखरेलले भने । स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । किनकि प्रचारप्रसारमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ । गीत हेरेर नै चलचित्र भवन आएका दर्शक पनि छन् ।

निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बताए । “चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलरलगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने । उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतका लागि होलीको माहोल सिर्जना गरेका थिए ।

निर्देशक प्रदीप भट्टराई पनि गीतसङ्गीतलाई महत्त्वका साथ चयन गर्छन । उनी निर्देशित जात्रा, शत्रु गते, जात्रै जात्राको सफलताको श्रेय गीतसङ्गीतलाई पनि जान्छ । उल्लेखित चलचित्रको सङ्गीत कर्ण प्रिय बनेका थिए । “हामीले कथाअनुसार नै गीत राख्ने गरेका छौँ । केही आफ्नै र केही बजारले निर्देशित गरेका गीतसङ्गीतलाई समेट्ने गरेका छौँ”, निर्देशक भट्टराईले भने । गीतसङ्गीत लोकप्रिय नभएका चलचित्र असफलसमेत भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ११ : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा