२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

प्रथम बुटवल मेयर कप प्रतियोगिताको उपाधि सिद्धार्थनगरलाई



बुटवल । प्रथम बुटवल मेयर कप २०८० टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगरले जितेको छ । विहिबार भएको फाईनल खेलमा लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २ रनले पराजित गर्दै सिद्धार्थनगर नगरपालिका विजयी भएको हो ।

उपाधिसंगै सिद्धार्थनगरले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेतामा लुम्बिनी भने नगद २५ हजार, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ द सिरिज सिद्धार्थनगरका विष्णु कठौरिया, बुटवलका विक्रम भुषाल बेष्ट ब्याट्सम्यान, सिद्धार्थनगरका एकलख अहमद बेष्ट बलर घोषित ह’Fदै पुरस्कृत भए ।

नरेश्वर खेलमैदानमा भएको निक्कै प्रतिष्पर्धात्मक फाईनल खेलमा टस जितेर सिद्धार्थनगरले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेटको नोक्सानीमा १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो । उसमा लागि अजय रसाईलीले ५५ बलमा ४६ रन, आरिफ खानले २६ बलमा ४१ रन तथा विष्णु कठौरियाले १८ बलमा २३ रनको योगदान दिएका थिए ।

लुम्बिनीका जावेद अलिले ४ ओभरमा २६ रन खर्चेर ३ तथा प्रदिप जयसवालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको लुम्बिनीका ब्याट्सम्यानहरु ६ विकेटको नोक्सानीमा १ सय ४९ रनमा समेटियो । उसका लागि अमर मिश्रले ३० बलमा ४६ रन तथा एजाजुल हकले ३० बलमा २७ रन बाहेक अन्य ब्याट्सम्यानहरु दोहोरो रन बनाउन सकेनन । सिद्धार्थनगरका जितमा विष्णु कठौरियाले ४ ओभरमा २५ रन दिएर ३ तथा रमेश कुर्मीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिएका थिए । खेलमा विष्णु कठौरिया म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट विकास समितिका सचिव सन्जय गुरुङ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रशासन शाखा प्रमुख शोभाकर पौडेल, बुटवल उपमहानगरपालिका वडा नं १६ का वडाअध्यक्ष कृष्ण पौडेल, आवास ग्रुपका महेश थैवले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । यसैबीच अन्तर्राष्ट्रिय वन डे क्रिकेटमा एम्पायरिङ डेब्यु गरेका रुपन्देहीका एम्पायर सन्जय गुरुङलाई सम्मान गरिएको थियो ।

बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठ (अमित) ले छोटो समयमा देशलाई विश्वसामु क्रिकेटबाट चिनाएको भन्दै यो खेलको विकासमा सरकारकाबाट आवश्यक लगानी जरुरी रहेको बताए । वैशाख २४ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका ६ पालिकाहरुले प्रतिष्पर्धा गरेको संघका सचिव पुनित पोखरेलले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ४० बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा