१ पुस २०८२, मंगलबार | December 16, 2025

ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी



काठमाडौं । पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् ।

ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन् ।

‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । अभियानअन्तर्गत ठमेल क्षेत्रका सडक तथा सडकगल्लीमा सरसफाइ गरिएको थियो ।

सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियानअन्तर्गत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको परिषद्का अध्यक्ष भवि शर्माले बताए। “हाम्रो ठमेल सफा ठमेल अभियालनलाई सार्थक बनाउन सक्रिय भएका छौँ”, उनले भने, “अभियानको समीक्षा गरेर भोलिका दिनमा कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ, घरधनी र व्यवसायीको सुझावका आधारमा अघि बढ्छौँ ।”

पर्यटन व्यवसायी रमेश बस्तीले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सबैको सक्रिय साथ र सहयोगको आवश्यकता रहेको बताए । उनले भने, “अभियान सुरु भएको छ, विश्वले चिनेको ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक छ ।”

ठमेलका घरधनी अर्जुनलाल प्रधानले सफा र प्रदूषणरहित ठमेल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकमैत्री वातावरण बनाउने अभियान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : ०५ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि