२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवलको बुद्धनगरमा नक्कली मह उत्पादन गर्ने कारखाना फेला



बुटवल । बुटवलको बुद्धनगरमा नक्कली मह उत्पादन गर्ने कारखाना फेला परेको छ । विभिन्न अखाद्य वस्तु मिसाएर मह जस्तै तरल पदार्थ बनाउने कारखानामा प्रहरीले छापा हानेको हो ।

वडा प्रहरी कार्यालय बुटवलको टोलीले नक्कली मह बनाउने कारखानाबाट ठुलो परिमाणमा बजारमा लैजान तयार गरिएको मह बरामद गरेको छ भने उत्पादनमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत देश विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले बताएको छ ।

प्रहरीका अनुसार विगत लामो समय देखि बुद्धनगरको सो कारखानाबाट नक्कली मह बनाएर बुटवल र त्यस आसपासमा ती समुहले बिक्री वितरण गर्ने गरेका थिए ।

बरामद गरिएको तयारी मह जस्तो देखिने पदार्थलाई केही बुटवल-११ सिर्जना नगरमै नष्ट कगरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल भैरहवामा नमूना पठाइएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १ : ३४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल